झापा : झापाको शिबसताक्षी नगरपालिका-११ झिलझिलेमा पूर्व–पश्चिम राजमार्गमा लहरीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिबसताक्षी नगरपालिका-८ की ३३ बर्षीया सुनिमा राई लिम्बु रहेकी छिन् । हिजो बेलुका ७ बजे पश्चिम तर्फ जाँदै गरेको प्र २ -०३-००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिई गम्भीर घाइते भएकी उनको उपचारको लागी विएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

ठक्कर दिने लहरी र चालक चितवन राप्ती नगरपालिका-१ का ३१ वर्षीय प्रबिन लामा इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।