धरान : खोटाङको हलेसि तुवाचुङ नगरपालिका १० बाट प्रहरीले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ४९ वर्षीय दिलसेर राई र खड्गसिंह राई रहेका छन् । हिजो दिउसो साढे १ बजे भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनीहरुको घर खानतलासी गर्दा दुवै जनाको घरबाट अवैध रूपमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक बरामद गरेको हो ।

बन्दुक बरामद भए पछि उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान गरिरहेको छ ।