विराटनगर : मोरङमा १०१ जना सहित प्रदेश १ मा ३२७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

१ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१, झापामा ९१, सुनसरीमा ४१, इलाम र ताप्लेजुङमा ४-४, तेह्रथुममा ३, उदयपुर र सङ्खुवासभामा २-२, पाँचथर, भोजपुर र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा २८, उर्लाबारी र बुढीगंगामा ७-७, पथरीशनिश्चरेमा ५, लेटाङमा २, रंगेली, बेलबारी, मिक्लाजुङ र ग्रामथानमा १-१, झापाको दमकमा १७, शिवसताक्षीमा १६, बिर्तामोडमा १३, कनकाईमा ११, अर्जुनधारामा १०, मेचीनगरमा ९, बुद्धशान्तिमा ६, गौरादहमा ५, कमल गाउँपालिकामा ४, सुनसरीको इटहरीमा २९, वराहक्षेत्रमा ५, दुहबीमा ३, रामधुनीमा २, हरिनगर र स्थानीय तह नखुलेका १-१, इलामको देउमाईमा २, रोङ र चुलाचुलीमा १-१, ताप्लेजुङको आठराई त्रिवेणीमा २, श्रीजंगा र मिक्वाखोलामा १-१, तेह्रथुमको म्याङ्लुङमा ३, उदयपुरको उदयपुरगढीमा २, सङ्खुवासभाको चैनपुरमा २, पाँचथरको फिदिम, भोजपुरको षडानन्द र खोटाङको खोटेहाङमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३६९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६२ महिला र २०७ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।