विराटनगर : प्रदेश १ मा ४३९ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा ७, इलाममा ५, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेह्रथुममा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण भएको हो ।

झापाको बिर्तामोडमा २४, मेचीनगर र कनकाईमा २०-२०, अर्जुनधारा र भद्रपुरमा १७-१७, दमकमा १५, शिवसताक्षीमा ९, कमल गाउँपालिकामा ४, हल्बिारीमा ३, कचनकवल, गौरादह र बुद्धशान्तिमा २-२, बाह्रदशीमा १, मोरङको विराटनगरमा ४४, सुन्दरहरैचा र रंगेलीमा ३-३, मिक्लाजुङ, रतुवामाई, बेलबारी, पथरीशनिश्चरे र उर्लाबारीमा २-२, बुढीगंगा र धनपालथानमा १-१, सुनसरीको धरानमा २३, इटहरीमा ८, इनरुवा, वराहक्षेत्र र रामधुनीमा २-२, हरिनगरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर जोरपाटी र साँघुरीगढीमा १-१, इलामको इलाम नगरपालिकामा ३ र सूर्योदयमा २, ताप्लेजुङको फुङलिङ, भोजपुरको पौवादुङ्मा, तेह्रथुमको म्याङ्लुङ र उदयपुरको स्थानीय तह नखुलेका १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९८ महिला र २१२ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।