विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश समितिले जिल्ला सम्मेलन सम्मका लागि नेताहरूको कार्य विभाजन गरेको छ ।

भदौ २० गते प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरूलाई सह-इन्चार्ज र संयोजकहरू जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले पाँचथरमा हर्कबहादुर नेम्वाङलाई सह-इन्चार्ज र होमबहादुर जबेगुलाई संयोजकको जिम्मेवारी दिएको छ । माओवादी केन्द्रले ताप्लेजुङको संयोजकको जिम्मेवारी विजयप्रकाश वनेमले पाएका छन् । इलाममा हर्कबहादुर लावती र टीका घिमिरे सह-संयोजक बनेका छन् भने सोममाया राई जिल्ला संयोजक भएकी छन् ।

माओवादी केन्द्रले झलकसिंह दर्लामीलाई झापा जिल्लाको सह-इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ भने झापा संयोजकको जिम्मेवारी मनि कुमार राईले पाएका छन्। मोरङमा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले सह-इन्चार्जको जिम्मेवारी पाएका छन् भने गणेश उप्रेती जिल्ला संयोजक बनेका छन्। सुनसरीमा मुक्साहाङ मेन्याङबो र शिवकुमार डाँगी सह-इन्चार्ज भएका छन् भने योगेन्द्रप्रसाद मण्डल संयोजक बनेका छन्।

यसै गरी धनकुटा सह इन्चार्जमा धनमाया बिकलाई जिम्मेवारी दिइएको छ भने ऋषिराम ढुङ्गानाले संयोजकको जिम्मेवारी पाएका छन् । सङ्खुवासभामा रिपुप्रसाद राई, इन्दिरा मिश्र र थानप्रसाद अधिकारी सह इन्चार्ज बनेका छन् भने संयोजकमा कृष्ण जिमी याक्खालाई जिम्मेवारी दिइएको नेकपा माओवादी प्रदेश समितिले जानकारी दिएको छ।

भोजपुर जिल्ला सह-संयोजकको जिम्मेवारी दिलकुमार राईले र संयोजकको जिम्मेवारी नगेन्द्र भुजेलले पाएका छन्। यस्तै खोटाङ सह-इन्चार्जमा धुर्ब बुढाथोकीलाई र संयोजकमा देवन चाम्लिङ राईलाई दिने निर्णय माओवादी केन्द्रले गरेको छ । ओखलढुङ्गामा प्रदेशसभा सदस्यसमेत रहेका मोहनकुमार खड्का संयोजक बनेका छन्।

माओवादी केन्द्रले उदयपुरमा तीन जना इन्चार्ज बनाएको छ। उदयपुरमा भीमबहादुर अधिकारी, मोहनबहादुर खत्री र राजन किराँती सह-इन्चार्ज बनेका छन् भने विनोद कटुवालले जिल्ला संयोजकको जिम्मेवारी पाएका छन् ।

नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिको सह-इन्चार्जमा हेमबहादुर कार्कीलाई जिम्मेवारी दिएको छ भने भोगेन्द्र यादवलाई संयोजक र नमिता न्यौपानेलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ।