चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिकामा जनता समाजवादी पार्टी नेपालका नगर उपाध्यक्ष सहित अन्य राजनैतिक दलका दुई दर्जन भन्दा बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

सोमवार चतरामा आयोजना भएको नेपाली काँग्रेस वडा नं २ को वडा अधिवेशनमा जसपाका नगर उपाध्यक्ष दोर्जी शेर्पा सहित एमाले तथा स्वतन्त्र व्यक्तिहरू होमबहादुर देउजा, प्रबिणा बस्नेत, विकास कार्की, दिनेश थापा त्यस्तै रोशन बस्नेत, दिलकुमार तामाङ, नेत्रबहादुर थापा, जनक कार्की, तीर्थबहादुर थापा, रमेश निरौला, पारस पौडेल, सुजात थापा, खगेन्द्र निरौला, राधा अधिकारी, दीपेन्द्र पौडेल, भैरवप्रसाद खतिवडा, रमा अधिकारी, सुशीला, खतिवडा, शोभित सुवेदी त्यस्तै, दिनेश रोक्का, जगबहादुर बस्नेत लगाएका व्यक्तिहरू काँग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई महाधिवेशन प्रतिनिधि रतनप्रसाद राई, नगर सभापति नारायण नेपाल, जिल्ला सदस्य दिनेश बस्नेत , केन्द्रीय महिला विभाग प्रमुख ममता तामाङ लगाएले अबिर, खादा लगाएर प्रवेश गराएका थिए ।