झापा : झापा हल्दिवारी-१ गोल धापका प्रकाश दाहाल 'दाह्री भाइ' तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार उनी भदौ १९ गतेदेखि राती देखि सम्पर्कमा छैनन् ।

रङ्गमञ्चका कलाकार दाहाल दमक थियटरमा काम गर्दै बसेका थिए । उनी केही समयदेखि सोही थियटरमा अभिनय कला सिकाउँदै आएका थिए । झापा गोल धाप घर भएका दाहाल परिवार सहित दमक बस्दै आएको छ । उनका बुबा आमा ओम मेची अस्पताल अगाडि होटेल सञ्चालन गर्दै बसेका छन् । २७ वर्षीय दाहाल चन्चले स्वभावका छन् ।

दाहाल बाबुआमासँग नबसी थिएटर मै बस्दै आएका थिए । १२ बजे राती उनको साथीले हेर्दा कोठामा नदेखेपछि परिवारलाई खबर गरेका थिए । परिवारका अनुसार मोबाइल, चप्पल समेत कोठा मै भेटिएको छ ।

उनका साथीहरूले दिएको जानकारी अनुसार प्रकाश माथिको कपडा समेत नलगाई हिँडेका छन् । उनको खोजीका लागि दमक प्रहरीमा परिवारले निवेदन दिएको छ ।