चतरा : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुनसरीको वराहक्षेत्र नगरपालिकामा सोमबार भएको वडा अधिवेशनमा एउटा बाहेक अन्य १० वटा वडाहरूमा नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन भएको छ ।

वराहक्षेत्र वडा नं ३ मा भने वडा सभापति लगायत, कार्य समिति क्षेत्रीय प्रतिनिधि कुनै पदमा सहमति जुट्न नसकेपछि भोलि निर्वाचन हुदैछ।

वडा अधिवेशन सकिएका १० वटा वडाहरूमध्ये वडा नं ६, १० र १० मा चुनावी प्रक्रियाबाट नेतृत्व तथा क्षेत्रीय प्रतिनिधिको चयन भएको थियो । भन्ने वडा नं २, ७,८ मा क्षेत्रीय प्रतिनिधि मात्र चुनावी प्रक्रियाबाट र वडा सभापति सर्वसम्मत चयन गरिएको थियो ।

वडा नं १ , ४, ५, ९ मा भन्ने सबै पद सर्वसम्मत चयन गरिएको थियो ।

कुन वडाका को भए वडा सभापति ? (नामावली)

१ : ईश्वर थापा,
२ : अमर कट्वाल,
४ : नुतन कुमार धामी,
५ : दिलबहादुर पौडेल,
६ : लालबहादुर रोका,
७ : केशव निरौला,
८ : खेमबहादुर थापा,
९ : निरञ्जन मण्डर चन्द्रवसी,
१० : तेजबहादुर गुरुङ,
११ : डिकबहादुर थापा (डिबि थापा))