धरान : कोरोना विरुद्धको कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुट भएकाहरूका लागि आज धरानमा दोस्रो मात्राको खोप लगाइँदै छ । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार यस भन्दा अघि कोभिसिल्डको दोस्रो मात्रा खोप एस्ट्राजेनेका खोप र भेरोसेलको दोस्रो मात्रामा लगाउन छुटेकाहरूलाई धरानको दुई खोप केन्द्र निर्धारण गरी आज दोस्रो मात्राको खोप लगाईदैछ । 

धरानमा आज कोभिसिल्डको दोस्रो मात्रा एस्ट्राजेनेका १३०९ जना र २३९१ जना गरी ३७०० जनालाई दोस्रो मात्राको खोप लगाईदैछ । 

कोभिसिल्ड खोप लगाएकाहरूका लागि दोस्रो मात्रा एक्स्ट्राजेनेका खोप सिद्धि नेवा परिषद् धरान-७ मा र भेरोसेलको दोस्रो मात्रा स्वास्थ्य चौकी भवन पुरानो अस्पताल छाताचौकबाट लगाइने बताइएको छ । खोप बिहान १० बजे देखि ३ बजे सम्म खोप अभियान सञ्चालन हुनेछ ।