विराटनगर : इटहरीमा ५५ जना सहित प्रदेश १ मा ४५० जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा ३१२ र ७३१ जनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३७, सुनसरीमा ७५, झापामा ६८, धनकुटामा १०, इलाममा ९, उदयपुरमा ४, पाँचथरमा ३, भोजपुरमा २ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५८, लेटाङमा २९, बेलबारीमा २५, सुन्दरहरैचामा ७, धनपालथानमा ६, पथरीशनिश्चरेमा ४, बुढीगंगामा ३, कटहरीमा २, मिक्लाजुङ, रतुवामाई र उर्लाबारीमा १-१, सुनसरीको इटहरीमा ५५, धरानमा ९, रामधुनी र वराहक्षेत्रमा ४-४, दुहबी, बर्जू र इनरुवामा १-१, झापाको दमक र बिर्तामोडमा १३-१३, मेचीनगरमा ११, भद्रपुरमा ७, शिवसताक्षीमा ६, कनकाई र कमल गाउँपालिकामा ४-४, अर्जुनधारा र गौरादहमा ३-३, बाह्रदशीमा २, बुद्धशान्ति र गौरीगञ्जमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ९, साँगुरीगढीमा १, इलामको चुलाचुली र सूर्योदयमा ३-३, इलाम नगरपालिकामा २, देउमाईमा १, उदयपुरको चौदण्डीगढी, त्रियुगा, उदयपुरगढी र कटारीमा १-१, पाँचथरको फिदिम, हिलिहाङ, याङवरकमा १-१, भोजपुरको भोजपुर नगरपालिका र साल्पासिलिछोमा १-१, र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १९८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९७ महिला र १०१ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।