झापा : विवेकशील साझा युवा सङ्गठन प्रदेश न. १ ले आज झापाको दमकको गणतन्त्र चोकमा एमसीसीको विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेको छ।

सो कार्यक्रममा प्रदेश नम्बर १ संयोजक प्रशान्त ढकाल, झापा जिल्ला सह-संयोजक जय बिमलि, जिल्ला सदस्य तेज कुमार श्रेष्ठ ,तीर्थ चाम्लिङ राई, भवानी सापकोटा दमक नगर संयोजक रेवत चन्द्र भण्डारी साथै दमक नगरका सदस्यहरूको उपस्थिति रहेको थियो।

उनीहरूले नो एमसीसी लेखेको प्लेकार्ड र ब्यानर सहित शान्तिपूर्ण प्रदर्शन गरेको थिए ।