धरान : धरानका विभिन्न वडाहरूमा खाद्य स्वच्छता सम्बन्धी जानकारी गराउँदै सचेतनामूलक पम्प्लेट र फ्लेक्स वितरण गरिएको छ ।

धरान उपमहानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीको सहकार्यमा बुधवार धरानका वडा नं. १, २, ४, ५ र ६ मा खाद्य स्वच्छता सम्बन्धी जानकारी गराउँदै सचेतनामूलक पम्पलेट, फ्लेक्स वितरण गरिएको हो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीका प्रमुख काशीनाथ घिमिरे, खाद्य निरीक्षक सृजन जोशीसहितको टोली गएको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटाले जानकारी दिए ।

पाँच वटा वडामा गएर वडा सचिव र वडाध्यक्षसहित जनप्रतिनिधिहरूलाई पम्पलेट र फ्लेक्स वितरण गर्नुका साथै खाद्य स्वच्छता सम्बन्धी जानकारी गराइएको अधिकृत सापकोटाले जानकारी दिए ।