धरान : विराटनगर महानगरपालिका–४ कञ्चनवारिमा प्रहरीले ५ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सहिद भूमि गाउँपालिका-७ का २४ वर्षीय सागर राई रहेका छन् । हिजो बेलुका साढे ८ बजे सिआरभी पोस्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा राईलाई गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ ।