विराटनगर : इटहरीमा ५० जना सहित प्रदेश १ मा ३९० जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार २९९ जनाको पीसीआर परीक्षण गर्दा ३११ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२०, झापामा ११५, सुनसरीमा ५९, धनकुटामा ५, इलाम र सङ्खुवासभामा २-२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३२, बेलबारीमा १६, पथरीशनिश्चरेमा ७, बुढीगंगामा ५, रतुवामाईमा ४, कटहरीमा २, रङ्गेली, उर्लाबारी, जहदा र केराबारीमा १-१, झापाको बिर्तामोडमा ३४, कनकाईमा १८, मेचीनगरमा १३, शिवसताक्षीमा १२, दमकमा ११, अर्जुनधारा र भद्रपुरमा ८-८, झापा गाउँपालिका र कमल गाउँपालिकामा ३-३, गौरादह र गौरीगञ्जमा २-२, बुद्धशान्तिमा १, सुनसरीको इटहरीमा ५०, धरानमा ७, देवानगञ्ज र रामधुनीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ३, चौवीसे र पाख्रिबासमा १-१, इलामको इलाम नगरपालिका र माईमा १-१, सङ्खुवासभाको धर्मदेवी र खाँदवारिमा १-१, ताप्लेजुङको आठराई त्रिवेणी, उदयपुरको बेलका र खोटाङको स्थानीय तह नखुलेका १-१ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४२५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२१ महिला र २०४ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।