धरान : धरानमा अहिले सम्म ४२ हजार ९ सय ८९ जना अर्थात् कुल जनसङ्ख्याको २१.४९ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार अहिले सम्म धरानमा ३७ हजार ३ सय ५ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाई सकेका छन् भने ५ हजार ६ सय ८४ जनाले पहिलो डोज खोप लगाएका छन् ।

धरानमा पछिल्लो समय कक्षा १२ देखि माथिका कलेजका परिक्षार्थीहरुलाई लक्षित गरेर कोरोना विरुद्धको खोप लगाइँदै आएकोमा अव चाडै २ हजार जनालाई लक्षित गरेर कलेज पढ्ने विद्यार्थीहरूलाई खोप लगाउने तयारी भइरहेको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।