विराटनगर : प्रदेश १ मा ४७९ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार १८१ जनाको पीसीआर परीक्षण गर्दा ३२० र ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११३, झापामा १०४, सुनसरीमा ८३, धनकुटामा ५, इलाम र उदयपुरमा ४-४, भोजपुरमा २ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ६३, सुन्दरहैचा र बेलबारीमा १३-१३, लेटाङमा ८, बुढीगंगामा ३, कटहरी, रतुवामाई, केराबारी, कानेपोखरी र पथरीशनिश्चरेमा २-२, उर्लाबारी, रंगेली र ग्रामथानमा १-१, झापाको दमकमा २४, बिर्तामोडमा २१, कनकाईमा १९, बुद्धशान्तिमा ७, गौरादह र भद्रपुरमा ६-६, अर्जुनधारा, मेचीनगर र कमल गाउँपालिकामा ५-५, हल्दिबारीमा ३, झापा गाउँपालिकामा २, शिवसताक्षीमा १, सुनसरीको इटहरीमा ५२, धरानमा ९, दुहबी र रामधुनीमा ६-६, इनरुवामा ४, वराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा ४ र शहिदभूमीमा १, इलामको चुलाचुली र माईमा १-१ र स्थानीय तह नखुलेका २, उदयपुरको कटारीमा २, त्रियुगा र उदयपुरगढीमा १-१, भोजपुरको भोजपुर नगरपालिका र षडानन्दमा १-१ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३९ महिला र १०७ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टमा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।