सुनसरी : सुनसरीको दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा इट्टा भट्टा उद्योग भित्र ट्रिफरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लामकी छोरी ९ बर्षीय बबिता खातुन रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधवार बेलुका पौने ५ बजे को १ ख ५४५१ नम्बरको ट्रिफरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको थियो । ट्रिफर र चालक धनकुटा सहिद भूमि गाउँपालिका ४ का ३० वर्षीय हेमराज राई इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।