विराटनगर : प्रदेश १ मा ४८८ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ३४७ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४८, मोरङमा १२२, सुनसरीमा ६१, धनकुटा र इलाममा ५-५, भोजपुर, उदयपुर र सङ्खुवासभामा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण भएको छ ।
झापाको बिर्तामोडमा ४१, अर्जुनधारामा २७, कनकाईमा १८, दमकमा १५, शिवसताक्षी र मेचीनगरमा १०-१०, बुद्धशान्ति र भद्रपुरमा ६-६, बाह्रदशी र हल्दिबारीमा ४-४, कमल गाउँपालिकामा ३, गौरादह र झापा गाउँपालिकामा २-२, मोरङको विराटनगरमा ७२, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १०, उर्लाबारीमा ७, केराबारीमा ५, रतुवामाईमा २, बेलबारी, लेटाङ, रंगेली, धनपालथान, बुढीगंगा र कटहरीमा १-१, सुनसरीको इटहरीमा ४२, धरानमा ११, रामधुनीमा ४, हरिनगरमा २, इनरुवा र देवानगञ्जमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथर र पाख्रिबासमा १-१, इलामको इलाम नगरपालिकामा ३, सूर्योदय र चुलाचुलीमा १-१, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको कटारी र सङ्खुवासभाको खाँदवारिमा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २६१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३० महिला र १३१ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।