धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई कोरोना सङ्क्रमण भएको छ ।

विगत दुई दिन देखि मेयर राईमा सामान्य रुघा, खोकी देखिएको थियो । आज पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको मेयरका प्रेस संयोजक पारस राईले बताए । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र होम आइसोलेसनमा रहेको पनि राईले बताए ।

मेयर राई बिहीबारको कार्यपालिका बैठकमा पनि सहभागी थिए । यो सँगै विभिन्न संघसंगठन र समूहहरूसँग पनि भेटघाट गरेका थिए ।

मेयरसँग प्रत्यक्ष सम्पर्कमा रहेकाहरूले स्वास्थ्य परीक्षण गराउन प्रेस संयोजक राईले आफ्नो फेसबुक वालमा उल्लेख गरेका छन् ।