धरान : मोरङ मिक्लाजुङ गाउँपालिका-५ का ४३ बर्षीय जगत् बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ ।

हिजो दिनको पौने ४ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बुको थप अनुसन्धान भइरहेको छ ।