विराटनगर : सुनसरीमा ६४ जना सहित प्रदेश १ मा ३१५ जनामा कोरोना सङ्क्रमण भएको छ ।

८५७ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, सुनसरीमा ६४, झापामा १७, धनकुटामा ९, भोजपुर र तेह्रथुममा २-२, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५७, बेलबारीमा १०, बुढीगंगामा ९, सुन्दरहरैचामा ७, ग्रामथानमा ४, कानेपोखरीमा ३, कटहरी, केराबारी र मिक्लाजुङमा २-२, सुनबर्षी, उर्लाबारी, रंगेली र रतुवामाईमा १-१, सुनसरीको इटहरीमा ३७, धरानमा १६, इनरुवामा ५, रामधुनीमा ४, वराहक्षेत्र र स्थानीय तह नखुलेका १-१, झापाको भद्रपुरमा ६, दमकमा ४, मेचीनगरमा २, अर्जुनधारा, बिर्तामोड, हाल्दिबारी, कनकाई र झापा गाउँपालिकामा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मीमा २, चौबिसे, पख्रिबास, शहिदभूमी, र छथर जोरपाटीमा १-१, भोजपुरको भोजपुर नगरपालिका र तेह्रथुमको म्याङ्लुङमा २-२, सङ्खुवासभाको पाँचखपनमा १ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९६ महिला र १८४ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।