धरान : सियोन स्कुल+२ इन्टर फ्याकल्टी फुटसल टुर्नामेन्ट सफलताका साथ सम्पन्न भएको अवसरमा आज सियोन स्कुल र नेपाल पत्रकार महासंघ सुनसरीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ।

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ सुनसरीले सियोन स्कुललाई ८-४ को गोल अन्तरले पराजित गर्दै विजयी बन्न सफल भएको छ । खेलमा नेपाल पत्रकार महासंघ सुनसरीको क्याप्टेन विकास चाम्लिङ राई रहेका थिए भने सियोन स्कुलका क्याप्टेनमा स्कुलका प्रधानाध्यापक सञ्जिव बान्तावा राईले रहेका थिए ।

नेपाल पत्रकार महासंघ सुनसरी र सियोन स्कुलबीचको सम्बन्धलाई प्रगाढ बनाउनको लागि उक्त मैत्रीपुर्ण पुटसल प्रतियोगिताको आयोजना गरिएको स्कुलका प्रधानाध्यापक राईले बताएका छन् ।

सियोन स्कुलका डाईरेक्टर खड्ग बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई रहेका थिए ।

गुणस्तरिय शिक्षा सँगै बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन सियोन स्कुल+२ इन्टर फ्याकल्टी फुटसल टुर्नामेन्ट सम्पन्न गरिसकेको कार्यक्रम संयोजक एल्कन मगरले जानकारी दिएका थिए ।

उनले उक्त कार्यक्रममा कक्षा ११ का साइन्स र मेनेजमेन्ट र कक्षा १२ मा पढिरहेका र उत्तिर्ण गरेका साइन्स र मेनेजमेन्ट संकायका गरी ६ वटा टिमको सहभागितामा रहेको जानकारी दिए । उक्त प्रतियोगितामा कक्षा १२ उतिर्ण गरेका मेनेजमेन्ट संकायको समूहले जित्न सफल भएको थियो ।