चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका प्रभावशाली नेता सहित १ दर्जन नेता, कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

वराहक्षेत्र-१ चतरा स्थित बोलबम धर्मशालामा सम्पन्न कार्यक्रममा वराहक्षेत्र-२ का नेकपा एमालेका वराहक्षेत्रका अग्रज नेता चिरञ्जीवी प्याकुरेल, वराहक्षेत्र १ का जसपा नेपालका जिल्ला सदस्य दिनेश खम्बु सहित स्थानीय वराहक्षेत्र २ का एमाले कार्यकर्ता एवम् युवा सङ्घका सदस्य मदन कोइराला, फडिन्द्र गौतम, दिनेश न्यौपाने, नारद खतिवडा वराहक्षेत्र १ का व्यवसायी ईशवर गुरुङ सहित १ दर्जन युवाहरू काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस नगर सभापति नारायण नेपालले बताए ।

शुक्रवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नव-प्रवेसीहरुलाई नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय प्रभावशाली नेता ज्ञानेन्द्र बहादुर कार्कीले अवीर तथा खादा लगाएर प्रवेश तथा स्वागत गरेका थिए।