विराटनगर : धरानमा १९ जना सहित प्रदेश १ मा २१६ जनामा कोरोना संक्रमण भएको छ ।

५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९०, सुनसरीमा २७, मोरङमा २२, इलाममा ६, धनकुटामा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा १९, विर्तामोडमा १६, अर्जुनधारामा १३, कनकाईमा १२, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ६-६, बाह्रदशी र बुद्धशान्तिमा २-२, कचनकवल, कमल गाउँपालिका र झापा गाउँपालिकामा १-१, सुनसरीको धरानमा १९, इटहरीमा ४, देवानगञ्ज, बराहक्षेत्र, दुहवी र इनरुवामा १-१, मोरङको विराटनगरमा १५, बुढीगंगामा ३, उर्लाबारीमा २, कटहरी र सुनबर्षीमा १-१, इलामको इलाम नगरपालिका, सुर्योदय र माईमा २-२, धनकुटाको धनकुटा नगरपालिका छथरजोरपाटी र पाख्रिबासमा १-१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४० महिला र १४० पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।