धरान : मोरङ बुढिगंगा गाउँपालिका ६ सैतानपुर का २६ वर्षीय कामलिस माझीको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाइन लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी गम्भीर घाइते भएका उनको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको हो ।

घटना सम्बन्धमा प्रहरी चौकी कोयलपुरबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।