धरान : मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट एक जनलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इटहरी–१३ का २३ वर्षीय सुशील श्रेष्ठ रहेका छन् । हिजो बेलुका ५ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठको थप अनुसन्धान भइरहेको छ ।