इटहरी : मोरङको सुन्दरहरैचा नगर समितिको सभापतिका दाबेदार मानिएका चैतन्य प्रसाद सिटौला वडामै पराजित भएका छन् ।

नेपाली काँग्रेसको १४ औँ अधिवेशनमा वडा नम्बर ७ बाट सिटौला क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् ।
वडा भरीका क्रियाशील सदस्यले मतदान गरेर निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिमा सिटौला पराजित भएका हुन् । ७ नम्बर वडाको वडाध्यक्ष समेत रहेका उनले कार्यकर्ताको मत लिन सकेनन् ।

क्षेत्रिय प्रतिनिधीमा पराजित भएसंगै नगर सभापति उम्मेदवार हुने बाटो बन्द भएको छ । काँग्रेसको नवसंसोधित नियमावली अनुसार नगर सभापति उम्मेदवार हुन क्षेत्रीय प्रतिनिधि हुनुपर्ने प्रावधान छ । सभापति बाहेक अन्य पदमा क्रियाशील सदस्यलेनै उम्मेदवारी दिन पाउने छन् । संस्थापन पक्षका उम्मेदवार रहेका सिटौलाको राजनैतिक यात्रा ५ वर्षको लागी स्थगित भएको छ ।

निक्कै चासोको साथ हेरिएको वडा नम्बर ७ मा कोइराला पक्ष बलियो देखिएको छ । कोइराला पक्षबाट नगर सभापतिको उम्मेदवार मानिएका भक्ति प्रसाद सिटौला पनि सोही वडाका हुन् । सर्वाधिक मतले विजयी भएका उनी अगामी नगर अधिवेशनमा सभापतिको उम्मेदवार हुने पक्का भएको छ ।

सम्बन्धले दाजुभाइ दुई फरक समूहबाट उम्मेदवार हुने भनीएपनि संस्थापन पक्षका नयाँ उम्मेदवार हुने भएका छन् । असोज ६ गते सम्पन्न वडा अधिवेशनमा कुल १७३ क्रियाशील सदस्य मध्ये १६८ जनाले मतदान गरेका थिए ।