विराटनगर : इटहरीमा १४ जना सहित प्रदेश १ मा २८४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ५४, सुनसरीमा २४, इलाममा ६, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बिर्तामोडमा १४, मेचीनगरमा १२, अर्जुनधारा र कनकाईमा ११-११, दमकमा ८, बुद्धशान्तिमा ५, भद्रपुर र कमल गाउँपालिकामा ४-४, झापा गाउँपालिकामा ३, गौरादहमा २, शिवसताक्षी, गौरीगञ्ज र हल्दिबारीमा १-१, मोरङको विराटनगरमा ३१, केराबारीमा ५, पथरीशनिश्चरे र उर्लाबारीमा ४-४, कटहरीमा ३, कानेपोखरीमा २, सुनबर्षी, जदहा, रंगेली, बुढीगंगा र स्थानीय तह नखुलेका १-१, सुनसरीको इटहरीमा १४, इनरुवा, वराहक्षेत्र, धरान र बर्जूमा २-२, रामधुनी र दुहबीमा १-१, इलामको इलाम नगरपालिकामा ४, देउमाई र माईमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ३, उदयपुरको बेलका र चौदण्डीगढीमा १-१ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२५ महिला र १२१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।