धरान : सुनसरीको दुहबी नगरपालिका २ स्थित कोसी लोक मार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ बुढीगंगा ७ का ५० का आशाराम माझी रहेका छन् । आज बिहान सवा ८ बजे विराटनगर जाँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो काट्ने क्रममा रहेको को ३४ प ९०६७ नम्बर को मोटरसाईकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक माझीको न्युरो अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको हो ।

बस र बस चालक सिन्धुपाल्चोक इन्द्रावती ४ का ३० वर्षीय अशोक थापा मगर इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।