धरान : मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान–१३ का ३२ वर्षीय मुनु राणा राई रहेका छन् । आज दिउसो १ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।