धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत धरान उपमहानगरमा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

बिहान ८ बजे देखि सुरु भएको मतदानमा धरानका २० वडाबाट ४९५ जनाले मतदान गर्दै छन् । मतदान स्थल सुनसरी उद्योग वाणिज्य सङ्घमा भइरहेको मतदान कार्यक्रम अत्यन्तै उत्साहजनक र सौहर्दपुर्ण वातावरणमा भइरहेको नेपाली काँग्रेस जिल्ला सचिव तथा प्रवक्ता सुजेन्द्र गोले तामाङले बताए ।

Congress-Chunab-8

धरानमा दुई प्यानलबाट ७ पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । सभापतिको उम्मेदवारमा किशोर राई र श्याम पोखरेलको उम्मेदवारी परेको छ । उपसभापति २ जना निर्वाचित हुनुपर्नेमा राई प्यानलबाट महेन्द्र तामाङ र राजकुमार थोप्रा पोखरेल प्यानलबाट नरेन्द्र कुमार राई (प्रवीण) र सन्तोष लिम्बु गरी ४ जनाको उम्मेदवारी परेको छ ।

सचिवमा राई प्यानलबाट रुक्मणि गौतम (कोपिला) र सुमन श्रेष्ठ पोखरेल प्यानलबाट जितेन्द्र राई र हिमाल श्रेष्ठको उम्मेदवारी परेको छ ।

सहसचिवमा पनि २ जना निर्वाचित हुनुपर्नेमा राई प्यानलबाट कमला कार्की र गोपाल कार्की र पोखरेल प्यानलबाट युनेश राना र शिला बज्राचार्यको उम्मेदवारी परेको छ ।

बिहान ८ बजे देखि सुरु भएको मतदान दिउसो २ बजे सम्ममा सकिने र साँझ सम्ममा मत परिणाम पनि आइसक्ने बताइएको छ ।

तस्बिरहरू : मात्रिका प्रसाद नेपाल

Congress-Chunab-2 Congress-Chunab-3 Congress-Chunab-4 Congress-Chunab-7 Congress-Chunab-5 Congress-Chunab-9 Congress-Chunab-6 Congress-Chunab-10