धरान : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कोरोना सङ्क्रमण भएको छ ।

विगत ४/५ दिन देखि स्वास्थ्यमा केही लक्षणहरू थकाई लाग्ने, ज्वरो आए जस्तो हुने, सुख्खा खोकी लाग्ने आदि समस्या भए पछि हिजो इटहरी आइसोलेसन सेन्टर मार्फत कोभिड १९ परीक्षणको लागि पिसिआर स्याम्पल सङ्कलन गरी प्रदेश प्रयोगशालामा परीक्षण गर्दा मेयर चौधरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

अहिले उनी इटहरी अस्पतालको मोनिटरिङमा होम आइसोलेसनमा रहेको मेयरका प्रेस संयोजक लीलाराज भट्टराईले जानकारी दिएका छन् ।