धरान : धरानमा असोज ११, १२ र १३ गते कोरोना विरुद्धको पहिलो मात्रा ४५ वर्ष देखि माथिकालाई लगाइने भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार ४५ वर्ष देखि माथिका उमेर समूहका करिब साढे १० हजार जनालाई कोरोना विरुद्धको चाइनिज भेरोसेल खोप लगाइने भएको हो ।

उनका अनुसार ११ गते धरान १ देखि १० नम्बर वडा सम्म र १२ गते ११ देखि २० नम्बर वडा सम्म खोप लगाइने र १३ गते खोप लगाउन छुटेकाहरूका लागि धरानको छाताचौक स्थित धरान स्वास्थ्य चौकी र सिद्धि नेवा परिषदबाट एक दिन खोप लगाइने बताइएको छ ।

खोप लगाउन आउनेले आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर आउन पनि धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले आग्रह गरेको छ ।

धरानमा अहिले सम्म कत्तिले खोप लगाए ?
धरानमा अहिले सम्म करिब ४५ हजार बढीले कोरोना विरुद्धको खोप लगाई सकेका छन् ।

स्वास्थ्य महाशाखाका अनुसार अहिले सम्म ३७,३०५ जनाले पूर्ण खोप लगाई सकेका छन् ।