धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत धरान उपमहानगरमा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएर मतगणना सुरु भएको छ ।

धरान उपमहानगरपालिकाको कुल मतदाता सङ्ख्या ४९७ जना मध्ये बिहान ८ः१५ बजे देखि पौने २ बजे सम्ममा ३३९ जना पुरुष र १५० जना महिला गरी जम्मा ४८९ मत ९८.३९ प्रतिशत मत खसेको जनाइएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घको कार्यालयमा भएको मतदान कार्यक्रममा धरानका कांग्रेसीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

निर्धारित समय भन्दा अघि मतदान सम्पन्न भएपछि अहिले मतदान सुरु भएको नेपाली काँग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र गोले तामाङले जानकारी दिए ।

धरानमा दुई प्यानलबाट ७ पदका लागि १४ जनाको उम्मेदवारीमा मतदान भएको हो । मत परिणाम आजै साँझ सम्ममा आइसक्ने बताइएको छ ।