चतरा : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज सम्पन्न नगर अधिवेशनमा वराहक्षेत्रको सभापतिमा रमेश कार्की विजयी भएका छन् ।

२ सय २६ मत खसेकोमा रमेश कार्कीले १ सय १३ मत प्राप्त गरेर सभापतिमा विजयी भएका हुन् । सभापति पदमा निकटतम प्रतिस्पर्धी नारायण नेपालले ६१, रत्नबहादुर राउतले ४४ मत प्राप्त गरेका थिए ।

२ उप–सभापतिकालागि भएको निर्वाचनमा युवराज श्रेष्ठ र जितबहादुर कार्की ( कान्टिन ) विजयी भएका छन् । श्रेष्ठले ९७ र कान्टिन ९३ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी चित्रबहादुर राई ८३, महेन्द्रप्रसाद मेहता ७७ र प्रसिद्ध प्रसाईँ (जोन) को पक्षमा ३५ मत खसेको थियो ।

सचिवमा भन्ने प्रतीक राई र हरिकृष्ण भट्टराई विजयी भएका छन् । राईको पक्षमा १ सय ४२ र भट्टराईले ९५ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी रोनि विष्ट ६० , तीर्थराज भट्टराई ५५ र अविराम थापा ( अनिल ) ४४ मत मात्र प्राप्त गरेका थिए ।

सह– सचिवमा दिवाबसिह राई र सन्तोष भण्डारी विजयी भएका छन् । राईले १ सय ४३ र भण्डारीले ९५ मत प्राप्त गरेका थिए । निकटतम प्रतिस्पर्धी महेन्द्र कार्की ८९ र युवराज भट्टराई ७७ मत प्राप्त गरेका थिए ।

निर्वाचन समितिका संयोजक गोकुल गुरागाईँका अनुसार पदाधिकारी बाहेक अन्य नगर सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

प्रत्यक्ष तर्फबाट समान रूपमा प्रत्येक वडामा १ महिला सहित ३ जना गरेर ३३ जना र समानुपातिक रूपमा २२ जना नगर सदस्यहरू निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी र सदस्यहरूलाई आगमि शनिवार प्रमाणपत्र प्रदान गर्ने निर्वाचन समितिका संयोजक गुरागाईँले बताए ।