विराटनगर : प्रदेश १ मा ३२२ जनामा कोरोना सङ्क्रमण भएको छ ।

७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७७, सुनसरीमा ४८, झापामा ३०, धनकुटामा ५, खोटाङ र इलाममा २-२, सङ्खुवासभा र पाँचथरमा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३९, पथरीशनिश्चरेमा १४, बेलबारीमा ६, उर्लाबारी र बुढीगंगामा ४-४, सुन्दरहरैचा र कटहरीमा ३-३, कानेपोखरी र रंगेलीमा १-१ र स्थानीय तह नखुलेका २, सुनसरीको इटहरीमा ३२, धरानमा ७, रामधुनीमा ५, बर्जू, इनरुवा, दुहबी र कोसी गाउँपालिका १-१, झापाको दमकमा १०, कमल गाउँपालिकामा ८, शिवसताक्षी, बिर्तामोड, भद्रपुर र मेचीनगरमा २-२, गौरादह, हाल्दिबारी, बुद्धशान्ति र अर्जुनधारामा १-१, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिबासमा २-२, महालक्ष्मीमा १, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिकामा २, सङ्खुवासभामा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १५० महिला र ११५ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।