धरान : नेपाली काँग्रेस धरान उपमहानगरको निर्वाचनमा श्याम पोख्रेलको प्यानलै विजयी भएको छ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज सम्पन्न निर्वाचनमा किशोर राई र श्याम पोखरेल प्यानलले उम्मेदवारी दिएका थिए । जसमा किशोर राईलाई श्याम पोखरेलले ३९ मतले पराजित गरेका छन् । राईले २२३ मत र पोखरेलले २६२ मत सहित विजयी भएका छन्।

यसै गरी पोखरेलकै प्यानलबाट उपसभापतिमा नरेन्द्र कुमार राई (प्रवीण) ले २९० र सन्तोष लिम्बुले २२३ मत ल्याएर विजयी भएका छन्। राई प्यानलबाट महेन्द्र तामाङले १८३ र राजकुमार थोप्राले २१८ मत मात्रै प्राप्त गरे।

सचिवमा पनि पोखरेल प्यानलकै जित भएको छ । पोखरेल प्यानलबाट जितेन्द्र राईले २५९ र हिमाल श्रेष्ठले २९६ मत ल्याएर विजयी भएका छन् भने राई प्यानलका रुक्मणि गौतम (कोपिला) ले १९५ र सुमन श्रेष्ठले १७१ मत मात्रै प्राप्त गरे।

सहसचिवमा पनि पोखरेल प्यानलबाट युनेश रानाले ३०२ र शिला बज्राचार्यले २७१ मत प्राप्त गरेर विजयी भएका छन् भने राई प्यानलबाट कमला रुचालले १७४ र गोपाल कार्कीले १८१ मत मात्रै प्राप्त गरे ।

बिहान ८ बजे देखि दिउसो २ बजे सम्म मतदानको समय तोकिएको भए पनि पौने २ बजे नै मतदान सकिएको थियो । जम्मा मतदाताहरूको सङ्ख्याको आधारमा ९८.३९ प्रतिशत मत खसेको थियो।

Pokharel-peyanal-1 Pokharel-peyanal-2