इटहरी : नेपाली काँग्रेसको औँ महाधिवेशन अन्तरगत इटहरी उपमहानगर समितिको सभापतिमा हेम कर्ण पौडेल निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणना अनुसार पौडेल पुनः सभापतिमा निर्वाचित भएका हुन् । पौडेल यससँगै तेस्रो कार्यकालको लागी इटहरी सभापति निर्वाचित भएका छन् ।

इटहरी नगरपालिका हुँदा १२ औँ अधिवेशनमा सर्वसम्मत सभापति भएका उनी उपमहानगरपालिका भएपछि १३ औँ र १४ औँ महाधिवेशनमा विकास केसीलाई पराजित गर्दै सभापति भएका हुन् ।

कुल ४८३ मतदातामा ४८२ मत खसेको मध्ये पौडेलले २५३ र उनका प्रतिस्पर्धी विकाश केसीले २११ मत पाएका छन् । बाकी १९ मत बदर भएको छ ।

पौडेल सहित उपसभापतिमा उनकै पक्षका कोविदजंग कार्की र इतर पक्षका बालकृष्ण विष्ट निर्वाचित भएका छन् । त्यस्तै सचिवमा उनकै प्यानलका विक्रम घिमिरे र इतर प्यानलका मन्दीप भट्टराईले विजयी हासिल गरेका छन् ।

सहसचिवमा भएको निर्वाचनमा पौडेल पक्षबाट उम्मेदवार भएका इश्वर तामाङ र केसी प्यानलकी उम्मेदवार मेनुका गिरी निर्वाचित भएका हुन् । शनिवार सम्पन्न निर्वाचनमा ३१ पदका लागी ६७ जना उमेद्धवारले प्रतिस्पर्धा गरेका थिए ।