धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा इटहरी- २० का ३२ वर्षीय कोरोना संक्रमति युवाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको ।

उनलाई असोज २ गते कोरोना सङ्क्रमण पुष्टि भएको र असोज ७ गते उपचारकालागी कोभिड अस्पताल भर्ना भएको अस्पतालले जानकारी दिएको छ।

उपचारको क्रममा उनको असोज ९ गते बिहान ११:५० मा मृत्यु भएको अस्पतालको सह-प्रबक्ता चूडामणि पोखरेलले जानकारी दिए ।

मृतकको शवको व्यवस्थापन नियमानुसार गरिने उनले जानकारी दिए।