विराटनगर : प्रदेश १ मा १७९ जनामा कोरोना सङ्क्रमण भएको छ ।

६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा ८, भोजपुरमा १, खोटाङ, सङ्खुवासभा, तेहृथुम र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको दमकमा १८, बिर्तामोडमा १४, कनकाईमा १०, शिवसताक्षी, बुद्धशान्ति, अर्जुनधारा र कमल गाउँपालिकामा ५-५, मेचीनगर र झापा गाउँपालिकामा ३-३, गौरादह र गौरीगञ्जमा १-१, मोरङको विराटनगरमा ३६, उर्लाबारीमा ४, रतुवामाईमा ३, लेटाङ, बेलबारी, पथरीशनिश्चरे, सुन्दरहरैचा र केराबारीमा २-२, बुढीगंगा, ग्रामथान र कानेपोखरीमा १-१, सुनसरीको इटहरीमा ८, रामधुनीमा ५, वराहक्षेत्रमा ३, धरानमा २, देवानगञ्ज, इनरुवा, दुहबी र स्थानीय तह नखुलेका १-१, इलामको सूर्योदयमा ३, इलाम नगरपालिका र चुलाचुलीमा २-२, रोङमा १, भोजपुरको भोजपुर नगरपालिका, खोटाङको खोटेहाङ, सङ्खुवासभाको खाँदवारि, तेह्रथुमको म्याङ्लुङ र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६१ महिला र १४६ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।