विराटनगर : सुनसरीमा ५० जना सहित प्रदेश १ मा ३२७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८०, सुनसरीमा ५०, इलाम, धनकुटा र सङ्खुवासभामा २-२, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेहृथुम र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण भएको हो ।

झापाको बिर्तामोडमा २२, मेचीनगरमा १२, दमक र बुद्धशान्तिमा ९-९, अर्जुनधारामा ७, शिवसताक्षी र कनकाईमा ६-६, भद्रपुरमा ४, कमल गाउँपालिकामा ३, गौरादह र हल्दिबारीमा २-२, कचनकवल , बाह्रदशी र झापा गाउँपालिकामा १-१, मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा १३, बेलबारीमा ९, बुढीगंगामा ६, सुनबर्षी र उर्लाबारीमा ३-३, कटहरीमा २, कानेपोखरी, पथरीशनिश्चरे र रंगेलीमा १-१ र स्थानीय तह नखुलेका २, सुनसरीको इटहरीमा ३७, धरानमा ७, दुहबीमा ३, रामधुनी, वराहक्षेत्र र इनरुवामा १-१, इलामको इलाम नगरपालिका, धनकुटाको पख्रिबास र सङ्खुवासभाको धर्मदेवीमा २-२, पाँचथरको स्थानीय तह नखुलेका, ताप्लेजुङको श्रीजंगा, भोजपुरको भोजपुर नगरपालिका, तेह्रथुमको फेदाप र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२६ महिला र ११४ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।