धरान : धरान-१५ श्याम चौकमा झुन्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार धरान-१५ त्रिशूल मार्गमा डेरा गरी बस्ने मञ्जु राना मगरको कोठामा अन्दाजी ३३-३४ वर्षको जस्तो देखिने रेश्मा राईको शव भुण्डिएको अवस्थामा कोठामा फेला परेको थियो ।

सोमबार बिहान ३ बजे तिर कोठामा भित्रबाट चुक्कुल लगाई पातलो ब्लाङ्केटले सिलिङको पङ्खाको हुकमा घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको घर पाँचथरको फालेलुङ गाउँपालिका-३ भएको बताइएको छ । उनी विवाहित महिला रहेको र धरानमा साथीको कोठामा आएर बसेको खुलेको छ। मृतकको बारेमा थप जानकारी आइनसकेको धरान प्रहरीले जनाएको छ।

शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।