धरान :  जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले सङ्घीयता खर्चिलो भएको कुरा आइरहेको भन्दै अधिकार विहीन राष्ट्रिय सभाको काम नभएको भन्दै त्यो पनि खर्च हुने निकाय बनेका छन् ।

वरिष्ठ नेता अशोक राईले सङ्गठन सुदृढीकरण तथा जनजागरण अभियानको लागि धरानको चुम्लुङ हिममा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा यस्तो कुरा बताएका हुन।

नेता राईले हाल राष्ट्रिय सभाको काम नभएको भन्दै उसलाई अधिकार नदिने हो भने त्यो आवश्यक नभएको बताए । जसले पनि खर्च बढेको औलाए । अधिकार सम्पन्न नत्र भने अन्तर्राष्ट्रिय संसद् जस्तै जातीय सभा बनाउन सकिने बताए । अन्यथा खर्च बढाउने काम राष्ट्रिय सभा भएको बताए ।

नेपालमा ब्युरोक्रेसी सानो टाउको खुट्टा झिँजा भएको तर पेट जम्बो भएको आकृतिको भएको भन्दै अनावश्यक कर्मचारी कटौती गरेर पनि खर्च घटाउन सकिने बताए। त्यसै गरी अनावश्यक सैनिक पनि र अन्य सुरक्षा अङ्गको सङ्ख्या घटाएर खर्च कम गर्न सकिने बताए। जसका लागि उपयुक्त सङ्ख्या निर्धारण गर्न सकिने बताए ।

सङ्घीयता आवश्यक हो तर हालको सङ्घीयता प्रशासनिक सङ्घीयता मात्र भएको भन्दै जनता समाजवादी पहिचान सहितको सङ्घीयता हुनुपर्ने बताए । सङ्घीयता भित्र स्वायत्त क्षेत्र,विशेष स्वायत्त तथा संरक्षित क्षेत्र समेत हुनुपर्ने बताए।

अहिले देशमा जनगणना भइरहेको भन्दै त्यसमा पनि पहिचान जोडिएको बताए । जनसङ्ख्या धर्म भाषाको कुरा रहेको जनगणनामा पहिचान जोगाउन सबै सचेत हुनुपर्ने बताए । पहिचानको आन्दोलन गरेर हल्ला गरेर मात्र नहुने बताए।

जनता समाजवादीले भदौदेखि मङ्सिर सम्म सङ्गठन बिस्तार तथा जनजागरण अभियानलाई सुज अभियानको रूपमा अगाडि बढाएको छ। धरानमा सुनसरी जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का संयोजक दीपक मेन्याङ्बोको संयोजकत्वमा कार्यक्रम भएको हो।

कार्यक्रममा पूर्व माओवादीका धरान-६ का टेकबहादुर गौतम, इटहरी-१९ का मिलन राई र इटहरी-१६ का सुमित विक्रम साह जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।