मोरङ : मोरङ रतुवामाई नगरपालिका-८ आँमडाडा  स्थित आँमबारी-उर्लाबारी सडक खण्डमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु एक जना घाइते भएका छन् ।

हिजो बेलुका ८ बजे मे१त ४४८७ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको प्र-३-०२-००२ प ४५८७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थानका २७ वर्षीय विवेक पोखरेल र पछाडि सवार २८ वर्षीय यादव पाठक घाइते भई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाइएको थियो।

घाइते मध्ये यादव पाठकको उपचारको क्रममा हिजो राती साढे ८ बजे मृत्यु भएको छ। ट्याक्टर र चालक रतुवामाई नगरपालिका २ का ३२ वर्षीय गणेश पासवान इलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।