झापा : झापा जिल्लाको बिर्तामोड नगरपालिका-१ पञ्चकन्या प्लटिङबाट प्रहरीले १४६ ग्राम लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका-९ का २६ वर्षीय टेकराज साह र २४ वर्षीय विकास मर्डी रहेका छन्।

सोमबार बेलुका पौने ५ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र  इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले साहको साथबाट ०.५ मिलि ग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउन सुगर फेला परे पश्चात् पक्राउ गरी थप सोधपुछ गर्दा विकास मर्डीको बिर्तामोड-१ मा रहेको डेराबाट समेत गरेर १४२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर, नगद रु. २ लाख ६९ हजार ३ सय, डिजिटल तराजु थान -१, डिजिटल क्यामेरा थान १  र उनले चलाई ल्याएको प्र. १-०१-०१२ प ९५४५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जना उपर इलाका प्रहरी कार्यालय अनामनीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।