चतरा : चतरामा जारी प्रथम चतरा नकआउट फुटबल प्रतियोगितामा जेएसवाइसी इटहरी सेमिफाइनल प्रवेश गरेको छ। पञ्चकन्या फुटबल क्लब बेलकामाथि २-० गोलको सहज जित निकाल्दै जेएसवाईसी सेमिफाइनलमा प्रवेश गरेको हो।

मङ्गलवार वराहक्षेत्र-१ स्थित कुम्भ स्तम्भ अगाडिको खेल मैदानमा भएको खेलको सुरुवातमै जेएसवाइसीले अग्रता लिएको थियो । खेलको ४ औ मिनेटमा नै डगेन राईले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफसम्म एक गोलले अग्रता लिएको खेलको अन्तिम ७० औँ मिनेटमा पुर्न जेएसवाइसीले अग्रता लिएको थियो । जेएसवाइसीका लागि बिकेश गुरुङले गोल गरेका थिए ।

अन्तिम मिनेटमा उत्कृष्ट गोल गरेका बिकेश तामाङ म्यान अफ द म्याच घोषित समेत भए । उनले नगद १ हजार र ट्रफी प्राप्त गरे । बुधवार प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल एभरेस्ट फुटबल क्लब नडाहा र इटहरी फुटबल क्लब इटहरीका बिच हुनेछ ।

चतरा फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ४५ हजार उपविजेताले २० हजार र ट्रफी प्राप्त गर्ने क्लबका सचिव दिनेश राईले बताए।