धरान : धरानमा अहिले सम्म १८.६५ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार अहिले सम्म धरानमा कोरोना बिरुद्धको खोप ५४,१६६ जनाले लगाएका छन् भने पूर्ण खोप ३७,३०५ जनाले लगाएका छन् । हिजो सम्म धरानमा १६,८६१ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

धरानमा बिहीबार एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाइने

धरानमा बिहीबार एस्ट्राजेनेकाको पहिलो मात्राको खोप लगाइने भएको छ । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार धरानको ३ वटा खोप केन्द्रबाट खोप लगाइने छ ।

धरान स्वास्थ्य चौकी छाता चौक, पूर्वाञ्चल ज्ञान चक्षु धरान १५ र १८ नम्बर वडा कार्यालयबाट धरानका ४५ वर्ष उमेर समूह माथिकालाई खोप लगाइदैछ । एस्ट्राजेनेका खोप धरान ३ हजार जनालाई लगाइने तयारी गरिएको महाशाखा प्रमुख मेहेताले बताए ।

Suchana