विराटनगर : झापामा ७० जना सहित प्रदेश १ मा २५३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा ४, सङ्खुवासभामा ३, धनकुटामा २, ताप्लेजुङ र तेहृथुममा १-१ जनामा सङ्क्रमण भएको हो ।

झापाको बिर्तामोडमा १५, भद्रपुर र कनकाईमा १२-१२, मेचीनगरमा ८, दमकमा ७, अर्जुनधारामा ६, हाल्दिबारी र बुद्धशान्तिमा ३-३, बाह्रदशीमा २, शिवसताक्षी र झापा गाउँपालिकामा १-१, मोरङको विराटनगरमा ३८, पथरीशनिश्चरेमा १२, सुन्दरहरैचा र बेलबारीमा ६-६, लेटाङ र उर्लाबारीमा २-२, बुढीगंगा र कटहरीमा १-१, सुनसरीको इटहरीमा २२, धरानमा ६, दुहबीमा ४, इनरुवा र रामधुनीमा २-२, गढीमा १, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिकामा २ र सूर्योदयमा १, पाँचथरको फिदिममा २, फाल्गुनन्द र स्थानीय तह नखुलेका १-१, सङ्खुवासभाको खाँदबारी, मादी र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिबासमा १-१, ताप्लेजुङ र तेहृथुममा १-१ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ११६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ४७ महिला र ६९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।