चतरा : चतरामा जारी प्रथम चतरा नकआउट फुटबल प्रतियोगितामा एभरेस्ट फुटबल क्लब नडाहा सेमिफाइनल प्रवेश गरेको छ।

इटहरी फुटबल क्लब इटहरीमाथि ३-० गोलको सहज जित निकाल्दै एभरेस्ट फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। बुधवार वराहक्षेत्र-१ स्थित कुम्भ स्तभ अगाडिको खेल मैदानमा भएको खेलको १३ औँ मिनेटमा एभरेस्टले अग्रता लिएको थियो । एभरेस्टका लागि सञ्जय श्रेष्ठ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफसम्म एक गोलले अग्रता लिएको खेलको एभरेस्टले दोस्रो हाफमा दुई गोल गरेको थियो । एभरेस्ट कालागि खेलको ३६ औँ मिनेटमा अनीश लिम्बू र खेलको ४१ औँ मिनेटमा युवराज श्रेष्ठले गोल गरेका थिए। त्यस पछि दुवै टिमबाट कुनै गोल हुन नसक्दा एभरेस्टले ३-० गोलको सहज जित निकालेको थियो । खेलमा १ गोल गरेका सञ्जय श्रेष्ठ म्यान अफ द म्याच घोषित समेत भए । उनले नगर १ हजार र ट्रफी प्राप्त गरे।

बिहीबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल ग्रिन कल्चर फुटबल क्लब चक्रघट्टी र जेएसवाईसी मोरङका बिच हुनेछ भने बुधवार जित निकालेको एभरेस्ट फुटबल क्लबले फाइनल प्रवेशकालागि शुक्रवार हाट खोला फुटबल क्लब चतरासँग खेल्नेछ।

चतरा फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ४५ हजार उप-विजेताले २० हजार र ट्रफी प्राप्त गर्ने क्लबका सचिव दिनेश राईले बताए।