धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना सङ्क्रमण भएको छ। १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१-५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३-३, ताप्लेजुङ र तेहृथुममा १-१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २९, सुन्दरहरैचामा ५, उर्लाबारीमा ४, केराबारी र कटहरीमा ३-३, बेलबारीमा २, रङ्गेली, रतुवामाई, कानेपोखरी, बुढीगंगा र ग्रामथानमा १–१, झापाको दमक र कनकाईमा ८-८, बुद्धशान्तिमा ७, बिर्तामोडमा ६, भद्रपुर र मेचीनगरमा ५-५, अर्जुनधारामा ४, गौरादहमा ३, शिवसताक्षीमा २, बाह्रदशी, हाल्दिबारी र झापा गाउँपालिकामा १-१, सुनसरीको इटहरीमा २०, इनरुवामा ३, धरानमा २, रामधुनी र देवानगञ्जमा १-१, इलामको चुलाचुलीमा २ र इलाम नगरपालिकामा १, धनकुटाको पाख्रिबासमा २, धनकुटा नगरपालिकामा १, ताप्लेजुङ आठराई त्रिवेणी र तेह्रथुमको मेन्छेयायेममा १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १९१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९६ महिला र ९५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोराना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।